अमेरिकामा भूकम्पको लगातार २५० झट्कापछि ज्वालामुखी विष्फोट


२२ बैशाख २०७५, शनिबार
amrican
In this image released by the U.S. Geological Survey, steam rises from cracks in the road shortly before a fissure opened up on Kaupili Street in the Leilani Estates subdivision, Friday, May 4, 2018, in Pahoa, Hawaii. The Kilauea volcano sent more lava into Hawaii communities Friday, a day after forcing more than 1,500 people to flee from their mountainside homes, and authorities detected high levels of sulfur gas that could threaten the elderly and people with breathing problems. (U.S. Geological Survey via AP)

वासिङ्टन डिसी २२ बैशाख (एजेन्सी) । बैशाख अमेरिकाको हवाइ द्वीपमा संसारकै सबैभन्दा सक्रिय किलाउ ज्वालामुखी विष्फोट भएको छ । शुक्रबार भूकम्पका लगातार झट्कापछि ज्वालामुखी विष्फोट भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।amrican 1
यहाँ लगातार भूकम्पका साना ठूला झट्का आइरहेको बताइएको छ । यीमध्ये सबैभन्दा ठूलो धक्का ६।९ म्याग्निच्युडको भएको समाचार संस्था सिएनएनले जनाएको छ ।

ज्वालामुखी विष्फोटपछि यहाँ हाइअलर्ट जारी गरिएको छ । ज्वालामुखीबाट शुक्रबार ठूलो परिमाणमा लाभा उछिट्टिएको थियो जो आसपासका आवासीय क्षेत्रका घरहरुमाथि खसेको थियो । लगत्तै यहाँका वासिन्दाहरुलाई सुरक्षित त्यहाँबाट उद्धार गरिएको छ । यहाँबाट १ हजार ७ सयजति स्थानीय विस्थापित भएका छन् ।

amrican

यो ज्वालामुखीले १९८३ देखि निरन्तर लाभा ओकलिरहेको छ । अहिले भूकम्पको धक्कापछि भयानक रुपले विष्फोट भएको हो । यो ज्वालामुखी ६ लाख वर्ष पुरानो भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७