काभा महिला भलिबल : फाइनल पुग्न आज नेपालले कजाकिस्तानको सामना गर्दै


१२ जेष्ठ २०८०, शुक्रबार
neal kava

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज (शुक्रबार) नेपालले बलियो प्रतिद्वन्द्वी कजाकिस्तानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाल र कजाकिस्तान भिड्न लागेका हुन् ।

उक्त खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ । दुबै टोली उक्त खेलमा एकअर्कालाई हराएर प्रतियोगिताको फाइनलमा स्थान बनाउने योजनामा छन् । नेपाल समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त समूहबाट भारत पहिलो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । कजाकिस्तान भने समूह ’बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

शुक्रबार नै पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानको सामना गर्नेछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा जारी उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र कजाकिस्तानको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७