घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१२ जेष्ठ २०८०, शुक्रबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७