आरोप टाउकोमा बोकेर संसद चल्न दिंदैनौं : एमाले

‘सुनको कि पित्तलको जलहरी भन्ने ‘दूधको दूध, पानीको पानी’ गरौं’


१२ जेष्ठ २०८०, शुक्रबार
subash

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ । जेठ १० गतेको संसदमा दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएको आरोप लगाएको भन्दै एमालेले संसद्मा विरोध गरिरहेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्को रोष्टमबाट दिइएको बताए । भने, ‘कुनै हालतमा सदन रोकिनु हुँदैन भन्नेमा प्रष्ट छौँ । सत्ता पक्षबाट जिम्मेवार सांसदले जे कुुरा राख्नुभयो, त्यो गैरजिम्मेवार छ ।’
उनले पशुपतिमा सुनको जलहरी लगाउनुपर्नेमा पित्तलको जलहरी लगाउँदा दलको नेताले भ्रष्टाचार गरेको आरोप लगाएको अडियो आफूले घरिघरि सुनेको बताए । ‘प्रमुख प्रतिपक्षीमाथि आरोप लगाएर भन्नुभयो । मलाई विश्वास लागेन । मैले घरीघरी सुनें । तीन पटक सुने’, उनले भने ।

उनले प्रमुख प्रतिपक्षी भएकाले वेटिङ गभर्मेन्टको नेतामाथि आरोप लगाइएको बताए । यस्तो आरोप सत्तापक्षले लगाएको भन्दै आरोप टाउकोमा बोकेर प्रक्रियामा कसरी भाग लिन सक्छौँ भन्दै प्रश्न गरे । ‘दूधको दूध, पानीको पानी होस् । यो कुरालाई टुंगोमा पुर्‍याऊ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७