नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ


१२ जेष्ठ २०८०, शुक्रबार
khad top

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जना आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरोपी लक्ष्मी महर्जन रहेकी छिन् । आरोप लागेदेखि उनी फरार थिइन् । लक्ष्मी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्ने १७ जना पुगेका छन् ।

यसअघि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत पक्राउ परिसकेका छन् । यसअघि पक्राउ परेका १६ जना अभियुक्तको अदालतमा बयान सुरू भएकै दिन उनी पक्राउ परेकी हुन् । उनलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७