विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन


१२ जेष्ठ २०८०, शुक्रबार
akhtiyar

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले दर्ता गरेका विशेष अदालत काठमाडौंबाट विभिन्न मितिमा फैसला भएकामध्ये तीन मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । उनका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये परीक्षाको परिणाम फेरबदल,राजश्व चुहावट र घुस /रिसवत लिइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।

परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा केशव प्रसाद घिमिरे समेत पाँचजनाविरूद्धको मुद्दामा विशेष अदालतले २०७९ असोज ४ गते सफाइ दिएको थियो । घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा अविनाश कुँवरविरुद्धको मुद्दामा ३०७९ वैशाख २२ गते सफाइ दिएको थियो ।

यस्तै, आनन्द केशरी पोखरेलसमेत ३८ जनाले विशेष अदालतबाट सफाइ पाएका थिए । आयोगले उनीहरूविरुद्ध राजश्व चुहावट, कागजात नोक्सान तथा परीक्षाको परिणाम फेरवदल गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०७९ पुस २६ गते सफाइ दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७