खोटाङ हलेसी अन्तराष्ट्रिय करातेमा नेपाल आर्मीलाई उपाधि


२२ बैशाख २०७५, शनिबार
karate 1

 

काठमाडौं,२२ बैशाख: नेपाल आर्मी क्लबले दोश्रो खोटाङ हलेसी अन्तराष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ ।
खोटाङ सदरमुकाम दिक्तेलमा शनीबार सम्पन्न प्रतियोगितामा आर्मीले नौ स्वर्ण पाच रजत र दुइ काश्य पदक हात पार्न सफल भयो ।karate 1
यसैगरी, भारतले दुइ स्वर्ण ४ रजत तथा ५ काश्य पदक सहित भारत दोश्रो भए । श्रीलंका दुई काश्य सहित तेश्रो भएको रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।
विजयी टोलीका बिरकृष्ण शाही उत्कृष्ट प्रशिक्षक आयोजक खोटाङ जिल्ला सितेरियो कराते संघकी विद्याकला राई उत्कृष्ट महिला खेलाडी तथा प्रदेश नम्बर ३ का आशिष थापा उत्कृष्ट पुरुष खेलाडी भए ।यसैगरी, आर्मी क्लबकी मिस्ली श्रेष्ठ राइजिङ प्लेयर भइन् । उपाधि धारी आर्मीले ७० हजार उपविजयी भारतीय टोलीले ३५ हजार तेश्रो भएको श्रीलंकाले २५ हजार रुपैया पुरस्कार पाए ।

उत्कृष्ट खेलाडीले १० हजार, राइजिङ प्लेयरले ३९९९ तथा उत्कृष्ट प्रशिक्षकले ५ हजार रुपैया पुरस्कार पाए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य हिरा गुरुङ र आयोजक कमिटीका संयोजक बबी चाम्लीङ लगायतले पुरस्कार प्रदान गरे ।

नेपाल सितेरियो कराते डो संघ जिल्ला साखा डोजो खोटाङको आयोजनामा भएको प्रतियोगितामा तीन देशका १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । खोटाङ सितेरियो कराते संघका अध्यक्ष सञ्जय राइले दिएको जानकारी अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका, हलेसी तुवाचुङ नगरपालीका, राराबेसी गाउँपालीका र ऐसेलुखर्क गाउपालीकाको बिशेष सहयोग रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७