भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारलाई घेराबन्दीमा पारियो : सञ्चारमन्त्री शर्मा


१३ जेष्ठ २०८०, शनिबार
Rekha Sharma 2

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् । भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दीमा पारिएको उनको आरोप छ ।

प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय सधारणसभा तथा २१ औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । विगतमा हालीमुहाली गरेकाहरूले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्ने बताइन् ।

सरकारको प्रवक्ता समेत रहेका शर्माले संसद्मा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको दाबी गरिन् । गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७