अन्ततः सम्झौताको मान्यताबाट अघि बढ्नु पर्ने महसुस भयो : प्रधानमन्त्री


१३ जेष्ठ २०८०, शनिबार
Prachanda samsad jeth 13
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम ल्याउने विषयमा परम्परागत शैलीमा परिवर्तन गर्न नसकेको स्वीकार गरेका छन् ।

नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले अहिले कार्यशैलीमा परिवर्तन गर्न सम्भव नभएको बताए । समयको चापका कारण नीति तथा कार्यक्रममा आफू सम्झौताको मान्यताबाट अघि बढ्नुपर्ने बाध्यतामा पुगेको उनले सुनाए ।

‘तीन वटा विचारहरु यहाँ प्रस्तुत भएका छन् । आलोचनात्मक राख्नु भएको छ । एउटा भनाइ आएको छ– यो कर्मकाण्डी छ, यसले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गर्दैन भन्ने कोणबाट आएको छ । परम्परको सिकार भएको छ, हरेक वर्ष आउँछ, सुन्दा राम्रो सुनिन्छ, व्यवहारमा कार्यान्वयन त्यसरी हुँदैन भन्नु भएको छ’, उनले भने, ‘राजतन्त्र हुँदा राजाको मुखबाट पढाइन्थ्यो, अहिले राष्ट्रपतिबाट पढाइन्छ, त्यो परम्परागत हुन्छ भन्नेमा म सहमत हुन्छु ।’

उनले थपे, ‘यस पटक मैले कोशिस गरेँ । परम्परागतभन्दा भिन्न छोटो र अहिलेको देशको समस्या ठोस र मूर्त रूपमा सम्बोधन गर्ने गरी तयार पार्दा के होला भनेर सोचेँ र राजनीतिकवृत्तमा पनि छलफल गरेँ । तर, काम गर्ने शैलीमा ठूलो परिवर्तन ल्याउन सम्भव नभएको र समय चापको कारण बाध्यता पर्‍यो ।’ उनले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको स्वीकार गरे । प्रतिपक्ष दलहरूले पनि नीति तथा कार्यक्रमलाई समर्थन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७