पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक बेपत्ता


१४ जेष्ठ २०८०, आईतवार
dubera death

तनहुँ । पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् ।

पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । नदीले बगाएर बेपत्ता भएका नेपालीको प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षकको टोली, मनकामना गण भानु तनहुँबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजतलास गरिरहेको उनले बताए ।

‘घरबाट सोही स्थानमा रहेको सतदेवी मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनेर निस्केका रहेछन्, मस्र्याङ्दी किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएको रहेछ’, खाँणले भने, ‘शनिबार दिउँसो ११ः४५ बजे नदीले बगाएको खबर पाएका थियौँ ।’ हालसम्म नेपाली फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७