हालाण्डलाई प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’ अवार्ड


१४ जेष्ठ २०८०, आईतवार
a5c13acb7a

काठमाडौँ । म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालाण्डले प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड जितेका छन् ।
हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।

सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । हालाण्डले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७