प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिंदै


१४ जेष्ठ २०८०, आईतवार
Prakash shran mahat samsad

काठमाडौं । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तारुढ पक्षले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रतिपक्षीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७