इरान–अफगान सीमा क्षेत्रमा चल्यो गोली, तीन जनाको मृत्यु


१४ जेष्ठ २०८०, आईतवार
Iran Afagan Border1685234857

काठमाडौं । इरान–अफगान सीमा क्षेत्रमा गोली चल्दा कम्तीमा तीन जनाको ज्यान गएको छ । दुई इरानी सीमा गार्ड र एक तालिबानी लडाकु इरान र अफगानिस्तानको सीमावर्ती चौकी नजिकै गोली चलाउँदा मारिएका छन् । पानीको अधिकारको विवादको बीचमा दुई देशहरूबीच तनाव बढ्दै गएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले एक विज्ञप्तिमा भने, ‘आज, निमरोज प्रान्तमा इरानी सीमा सेनाले अफगानिस्तानतर्फ गोली हानेको थियो, जसको जवाफी प्रतिक्रिया थियो ।’ ‘अहिले अवस्था नियन्त्रणमा छ । इस्लामिक इमिरेट्स अफगानिस्ताने आफ्ना छिमेकीहरूसँग लड्न चाहँदैनन्’, प्रवक्ताले पीडितहरूको पहिचान नगरी भने ।

उनले दुवै पक्षबाट एक जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताए । यद्यपि, इरानको आधिकारिक इरान समाचार एजेन्सीले पछि दुई इरानी सीमा गार्डको मृत्यु भएको र दुई इरानी नागरिक घाइते भएको बताएको छ । अर्ध सरकारी अंग्रेजी भाषाको अखबार तेहरान टाइम्सले तीन इरानी सीमा सुरक्षाकर्मी मारिएको जनाएको छ । अल्जजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७