काठमाडौंमा डिलक्स सेक्युरिटीको दोस्रो प्रतिष्ठानस्तरीय भेला


१४ जेष्ठ २०८०, आईतवार
Union 2

कठमाडौं । आउट सोर्स कम्पनी डिलक्स सेक्युरिटीमा ‘डिलक्स प्रतिष्ठानस्तरीय ट्रेड युनियनले दोस्रो भेला गरेका छन् । शनिबार राजधानीको एक होटलका कार्यक्रम सम्पन्न भएको हो ।

Union 1

नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले उक्त कम्पनीमा संगठन स्थापना गरेको हो । गोविन्द सापकोटाले नेतृत्व गरेको उक्त संगठनको भेलामा डिलक्स कम्पनीमा काम गर्ने मजदुर मात्र ७८ जनाको सहभागिता थियो । लामो समयदेखि उक्त कम्पनीले मजदुरहरुलाई अन्याय गरिरहेकाले संगठन स्थापना गर्नु परेको नेपाल सुरक्षा श्रमिक टे«ड युनियनका अध्यक्षले बताए ।

Union 3

‘हाम्रा श्रमिकहरुलाई डिलक्स कम्पनीले अन्याय गरिरहेको छ । उनीहरुले तोकिएको समय भन्दा धेरै ड्युटी गरिरहेका छन् । श्रम ऐनले तोके बमोजिम उनीहरुको पारिश्रमिक छैन’, उनले भने, ‘मुलुकको सबै कम्पनीहरुमा सामाजिक सुक्षा कोष स्थापना भएको छ । तर, अझै पनि उसले त्यो कोष स्थापना गर्न आलटाल गरिरहेको छ । कोषको बारेमा श्रमिकले कुरो उठायो भने हप्कीदप्की गर्ने गरेका छन् ।’

Union 4

डिलक्सले सरकारले तोके बमोजिम तत्काल सुविधा कार्यान्वयन नगरे चुप नबस्ने संगठनका महासचिव गोविन्द हुमागाईले बताए । ‘हामीले उनीहरुसँग केही मागेका छैनौं । २०७४ को श्रम ऐन कार्यान्वयन हुनुपर्छ भनेको हो । उनीहरुसँग लिनु दिनु हामीलाई केही छैन ।’ उनले भने, ‘श्रमिकले चित्त बुझाएनन् भने अब हामी जुनस्तरको आन्दोलन गर्न पनि तयार छौं । श्रम ऐन २०७४ निःशर्त कार्यान्वयन गर्नु नै उनीहरुको निम्ति भलाई छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७