रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस


१४ जेष्ठ २०८०, आईतवार
Resham chaudhari
फाइल फोटो

काठमाडौँ । सरकारले टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रुपमा कारागार सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताइन् । ‘केही समयअघि सर्वोच्च अदालतले पनि उच्च अदालतले गरेको रेशमजीको सजाय सदर गरिसकेको छ’, उनले भनिन्, ‘उहाँले ५० प्रतिशत सजाय कटाइसकेकाले बाँकी सजाय माफी मिनाहाको निर्णय भएको हो । अन्य केही कैदीको पनि सजाय माफी मिनाहाको निर्णय भएको छ ।’

शर्मा अनुसार कानुनी परामर्श र राय सुझाव लिएपछि यो निर्णय कानुन अनुसार ठीक भन्ने ठहरसहित रेशमको सजाय माफीका लागि सिफारिस गरिदिएको बताएकी छन् । यसअघि जेठ १२ गते राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफीका लागि पठाइएको फाइल कार्यार्थ गृह मन्त्रालयमा पठाइदिएका थिए ।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल उनले रायसुझावसहित गृह मन्त्रालयमा पठाइदिएका थिए । ‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, यससम्बन्धी अदालतबाट फैसला र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरि कानुनबमोजिम गर्न’ भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको थिया] ।

त्यसबेला टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदाले दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्याथ पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७