सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प


१४ जेष्ठ २०८०, आईतवार
earthquake

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लोे समय नेपालको पूर्वाी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७