संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाका १२ सांसद मनोनित


१४ जेष्ठ २०८०, आईतवार
devraj

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि आइतबार समितिले पूर्णता पाएको छ ।

राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमोदन गरेको हो । १५ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीसहित चार जना रहेका छन् ।

त्यस्तै एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम समितिमा रहने भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त नाम प्रस्ताव गरेसँगै सभाले अनुमोदन गरेको हो । १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजङ्ग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७