खैरो हेरोइन कारोबार गर्ने गिरोहसहित ६ जना पक्राउ


१४ जेष्ठ २०८०, आईतवार
Untitled 1 Recovered 47RIprov9X

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले झापा बिर्तामोड घर भएका किरण कन्दङ्वालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजारसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका सिलसिलामा उनको कारोबारको नेटवर्क पहिल्याउने क्रममा झापाका विजय लिम्वु, माधव मेचे, विनोद लिम्बु र भारत दार्जिलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।

त्यस्तै ब्यूरोले ३ किलो ६ सय ग्राम लागूऔषध चरेससहित थाइल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७