नेपालमा १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीण भेगमा


१४ जेष्ठ २०८०, आईतवार
sukumbasi basti2022 11 15 07 57 41
फाइल फोटो

काठमाडौं । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या घटेको जनाएको छ । आज (आइतबार) अर्थमन्त्री डा. प्रकाशरण महतले संसदमा पेस गरेको आर्थिक सर्वेक्षणमा नेपालमा १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत थियो । अहिले सो संख्या १५.१ प्रतिशतमा झरेको जनाइएको छ ।

यस्तै, बहुआयामिक गरिबीमा रहेको जनसंख्या १७.४ प्रतिशत छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या सहरी क्षेत्रमा १२.३ प्रतिशत र ग्रामीण क्षेत्रमा २८ प्रतिशत छ ।

कर्णाली प्रदेशमा बहुआयामिक गरिबको संख्या सबैभन्दा बढी ३९.५ प्रतिशत छ । वाग्मती प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत छ । यस्तै, कोसी प्रदेशमा १५.९, मधेस प्रदेशमा २४.२, गण्डकी प्रदेशमा ९.६, लुम्बिनी प्रदेशमा १८.२ र सुदूरपश्चिम प्रदेशमा २५.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७