पूर्व राष्ट्रपति भण्डारीबाट राससको तस्बिर प्रदर्शनी र कार्यालय अवलोकन


१४ जेष्ठ २०८०, आईतवार
RS KTM RSS 20230528144331 RATL8401

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा गणतन्त्र दिवस, २०८० का सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकन गरेकी छन् ।

NP2 KTM RSS 20230528160722 RATL85411

नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा यही जेठ ११ गतेदेखि साताव्यापी प्रदर्शनीमा सातै प्रदेश एवम काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएका छन् । राससका फोटो पत्रकारहरुले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

तस्बिर अवलोकनपछि राससकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सद्भावको रसायन मानिने सांस्कृतिक क्षेत्रका तस्बिर समावेश गरी प्रदर्शनी गरिनु सामयिक भएको बताइन् । संस्कृति एक समाज र अर्काे समाजबीच सर्दै जाने पनि हुने भएकाले हरेक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्न उनले जोड दिइन् ।

NP KTM RSS 20230528160646 RATL8530

पूर्व राष्ट्रपति भण्डारी रासस परिसरमा आउँदा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धहरु, विभागीय प्रमुखहरुलगायतले स्वागत गरेका थिए । यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गरेकी छन् । भण्डारीले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गरिन् ।

पूर्व राष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याललगायतले व्यवस्थापकीय र समाचारसँग सम्बन्धित विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले राससका समाचार सेवा सन्तुलित र निर्विवाद हुने गरेको आफूले पाएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत विकास गर्दै जनताका आकांक्षा र विकास निर्माणका गतिविधिलाई प्राथमिकता दिन आग्रह गरिन् । साथै उनले रासस जस्ता भवन र संरचना निर्माण गर्दा नेपालीपन झल्कनु पर्नेमा पनि जोड दिइन् । पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकारी अध्यक्ष झाले ‘मायाको चिनो’ प्रदान गरे भने प्रधान सम्पादक पाठकले राससको इतिहास समेटिएको ‘रासस ः हिजो र आज’ पुस्तक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७