राष्ट्रपतिबाट ४८२ कैदीको सजाय मिनाह


१४ जेष्ठ २०८०, आईतवार
ram chandra poudel 2
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवस २०८० को अवसरमा ७ जना ज्येष्ठ नागरिक र अन्य ४७५ गरी कूल ८८३ जना कैदीको बाँकी कैद सजाय मिनाह गरेका हुन् ।

सजाय मिनाह पाउनेहरूमा डाका चोरी, ठगी बहुविवाह कतर्व्य ज्यान वैदेशिक रोजगार कसुरलगायतमा जेल जीवन बिताइरहेकाहरू छन् । कैद कट्टा गर्ने प्रयोजनका लागि कैदको न्युनतम ५० प्रतिशत कैद भुक्तान गरेकाहरूलाई कैदी मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गृह मन्त्रालयले कैद भुक्तान गरेकामध्ये कागजपत्र छानबिन गरी उपयुक्त देखिएकाको कैद कट्टाका लागि सिफारिस गरेको थियो ।

1 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७