दुई करोड बराबरको रक्तचन्दनको तेलसहित आठ जना पक्राउ


१४ जेष्ठ २०८०, आईतवार
raktachandan oil arrest N7Qbl5cVgG

काठमाडौँ । प्रहरीले करिब दुई करोड बराबरको रक्तचन्दनको तेलसहित आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई यही शुक्रबार काठमाडौंको चुच्चेपाटीबाट ८० लिटर रक्तचन्दनको तेलसहित महानगरीय अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उक्त रक्तचन्द तेलको मूल्य प्रतिलिटर २ लाख ५० हजारका दरले अवैध कारोबार भइरहेका बेला आठजनालाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको पनि महाशाखाले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका ८ घर भई चाबहिल २८ वर्षीय विनोद बराल, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १५ घर भई कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली छन् ।

त्यस्तै रामेछापको लिखुतामाकोसी गाउँपालिका–२ घर भइ काँडाघारी बस्ने ३५ वर्षीय नवीन दाहाल, रामेछापको लिखुतामाकोसी–२ घर भई काँडाघारी ३९ वर्षीय गोकर्णहरि दाहाल छन् । यस्तै बाँकेको कोहलपुर नगरपालिका–११ घर भइ काठमाडौंको चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय नलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका–९ घर भइ जडीबुटी ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदुधकोसी–६ घर भइ महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७