२०८० जेठ १५ गते सोमबारको तपाईको राशिफल

जेठ शुक्ल नवमी पञ्चाङ्ग : वज्र कौलव उत्तर, गणतन्त्र दिवस


१५ जेष्ठ २०८०, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाज सेवामा मनलाग्ने छ । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या र औषधी उपचार खर्च बढ्ने छ, तर दिनको उत्तरार्धमा लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सन्तान सुख मिल्ने छ । चुनौतीको सामना गर्नुपर्ला तर यात्रा सफल नै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७