राजावादीलाई कर्णालीका मुख्यमन्त्रीको चेतावनी : डाँडा कटाउन नपरोस्


१५ जेष्ठ २०८०, सोमबार
rajkumar sharma

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरुलाई डाँडा कटाउनु पर्ने चेतावनी दिएका छन् । प्रदेश सरकारको आयोजनामा भएको १६ औं गणतन्त्र दिवस कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् ।

मुख्यमन्त्री शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति संकेत गर्दै भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ । म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ ।’ मुख्यमन्त्री शर्माले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको बताएका छन् । उनले भने, देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’ उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए ।

मुख्यमन्त्री शर्माले कर्णाली र समर्ग देशलाई आर्थिक समृद्धितर्फ लैजान एउटा संकल्प र एकता चाहिएको बताए गणतन्त्र दिवस मनाउनुको सार्थकता पनि यहि हुने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७