मोदीलाई दिइने नागरिक अभिनन्दन ओलीले नपाउने


२३ बैशाख २०७५, आईतवार
KP oli and Narendra Modi

काठमाडौं २३ वैशाख: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदै छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबिच प्रदान गर्नेछन् ।

KP oli and Narendra Modi
फाइल तस्बिर

सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए । वैशाख २८ बिहान भारत, विहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन् । कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौं बाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् ।

मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केशी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् । यो समाचार आजको नागरिक दैनिकले छापको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७