गण्तन्त्रमाथि पूर्वराजा होइन, राजनीतिक दलहरूबाटै खतरामा छ : शेखर कोइराला


१५ जेष्ठ २०८०, सोमबार
shekhar1639469324
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र पूर्वराजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् । नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताए ।

उनले भने, ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ ।’ सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए ।
नेता कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७