निर्मला लामाका नाममा जग्गा दिएर व्यापारीकरण गर्न खोजियो : प्रदीप पौडेल


१५ जेष्ठ २०८०, सोमबार
pradeep poudel
फाइल फोटो

काठमाडौं । कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्याइएका जग्गामा वृक्षरोपण गर्दै उनले सार्वजनिक जग्गा नजिकका मानिसलाई दिन नहुने बताएका हुन् । सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्नेबारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए ।

काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाको संरक्षणका लागि आफूले वृक्षरोपण गर्ने बताए। उनले काठमाडौंको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए। उनले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बदनाम नगर्न चेतावनी दिए ।

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितका लागि प्रयोग गर्नुपर्ने बताए । उनले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू विरोधमा उत्रिने पनि बताए । सांसद पौडेलले वृक्षरोपण गरेको जग्गा आफ्नै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री (अघिल्लो सरकार) भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७