खानेपानीको पीर

स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाका ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् । यहाँका नागरिक मरिमरि बोकेर ल्याएको गाग्रोको थोरै पानीले जीवन निर्वाह गर्न वाध्य छन् । तस्वीर : नारायण विक / रासस