गणतन्त्र संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्न आवश्यक : मुख्यमन्त्री चौधरी


१५ जेष्ठ २०८०, सोमबार
lumbini SYtek9bphE

दाङ । लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ति उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाइरहेको छ ।

आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरि दिवस मनायो । भोलि मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामुख,मन्त्रीहरु, सचिव, कर्मचारी, अन्य निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताएका छन् । उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्ममा गणतन्त्र संस्थागतमा चुनौति थपिइरहेको बताए ।

उनले कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको बताएका छन् । ‘अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने,जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएका छन्,’उनले भने ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताए । अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । ‘अधिकारहरू प्रदेशमा दिन म ध्यानाकर्षण गराउँदछु । गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पुर्‍याउन छ । अनिमात्र गणतन्त्रामा सबैको अपनत्व बढ्छ । प्रदेश सरकार यसलाई ध्यानमा राखेर कार्यक्रम बनाउँछौँ’, मुख्यमन्त्री चौधरीले भने ।

आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसमो महत्व ठूलो रहेको बताए । कार्यक्रमममा विभिन्न प्रतियोगितामा सहभागी र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७