पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हावर्डबाट पूरा गरिन् स्नातकोत्तर


१५ जेष्ठ २०८०, सोमबार
shrinkhala khatiwada

काठमाडौँ । पूर्व मिस नेपाल नेपाल श्रृंखला खतिवडाले अमेरिकाको प्रतिष्ठित हावर्ड विश्वविद्यालयबाट सहरी विकास विषयमा स्नातकोत्तर गरेकी छन् । उनले स्नातकोत्तर गरेको खुशीको क्षणलाई तस्वीरमार्फत शेयर गरेकी छन् । ‘मैले ग्राजुएसन गरें । अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नु हुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् । दीक्षित हुँदाको पोसाक र प्रमाणपत्रसहितको तस्वीर शेयर गरेकी छन् ।

‘मेरो परिवारबिना मैले यो काम गर्न सक्ने थिइनँ । मेरो जितमा ताली बजाउने, मलाई हरेक परिस्थितिमा साथ दिने र मैले नगर्दा पनि विश्वास गर्ने मेरो परिवारलाई म धेरै माया गर्छु’, उनले भनेकी छन् ।

Shrinkhala khatiwada arSQQW41B0

श्रृंखलाका बुवा एवम् पूर्वमन्त्री विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि उनको ग्राजुएसन समारोहमा सहभागी भएका थिए । उनीहरु पनि हर्षित मुद्रामा देखिएका छन् । अर्कातिर मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ पनि अध्ययनका लागि हावर्डमा जान लागेकी छन् ।

उनले यो कुरा शनिबार गोदावरीमा सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा सेयर गरेकी हुन् । इन्स्टाग्राममा पनि उनले यो कुरा लेखेकी छन् । उनले सन् २०२३÷२०२४ का लागि हावर्ड मेडिकल स्कुलमा स्नातकोत्तर कोर्स गर्न लागेको उनले जनाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७