भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनर्निर्माण सकियो


१५ जेष्ठ २०८०, सोमबार
earthquake bhukampa

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ ।

लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनर्निर्माण सम्पन्न भएको छ । आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुननिर्माण सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७