मन्त्रिपरिषदबाट आउँदो आर्थिक वर्षको बजेट स्वीकृत, ४ बजे संसदमा प्रस्तुत गरिंदै


१५ जेष्ठ २०८०, सोमबार
cabinet mantriparisad prachanda 6HYrWQSoPb

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आउँदो आर्थिक वर्षको बजेट स्वीकृत भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।

आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ । पुनः भोलि २ बजे मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७