चालु आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान


१५ जेष्ठ २०८०, सोमबार
Prakash shran 2 scaled

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।

यसमध्ये चालु खर्चतर्फ १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनियोजनको ८३ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५ अर्ब ३४ करोड रुपैयाँ अर्थात् विनियोजनको ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २ खर्ब ३ अर्ब २६ करोड अर्थात विनियोजनको ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने अनुमान थियो । कुल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगत खर्च ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात ९२.७ प्रतिशत खर्च हुने अनुमान थियो ।

यसअघि यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने अनुमान गरिएकोमा यसलाई घटाएर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री महतले बताए ।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटलाई सो पछिका अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा सीमित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७