सबै प्रकारका भत्ता खारेज, वैदेशिक भ्रमण निरुत्साहित


१५ जेष्ठ २०८०, सोमबार
prakash sharan mahat scaled

काठमाडौं : सरकारले सबै प्रकारका भत्ता खारेज गरेको छ । आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

सरकारी ढुकुटीमा खर्चको चाप परिरहेको बेला सरकारले आगामी आर्थिक वर्षका सबै प्रकारको प्रोत्साहन भत्ता, अतिरिक्त समय लगायतका भत्ता खारेज समेत गरेको डा. महतले जानकारी दिए । साथै नयाँ सवारी साधन र फर्निचर खरिद नगर्ने, अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगर्ने र अत्यावश्यक बाहेकका वैदेशिक भ्रमण निरुत्साहित गर्ने अर्थमन्त्री महतले जानकारी दिए ।

सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन वाफत नगद नै प्रदान गर्ने व्यवस्था मिलाइने उनले बताए । ‘सरकारी सवारी साधनको सन्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ट रुपमा नगदै प्रदान गर्ने व्यवस्थाको सुरुवात गरिने छ,’ मन्त्री महतले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७