सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने


१५ जेष्ठ २०८०, सोमबार
prakash sharan mahat scaled

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताएका छन् ।

सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री डा. महतले सार्वजनिक वित्त प्रणालीमा सुधारलाई बजेटको एक प्राथमिकताका रुपमा समावेश गरिएको जनाए ।

प्रशासनिक लगायतका साधारण खर्च कूल बजेटको ७३ दशमलव १० प्रतिशत विनियोजन गर्दा पूँजीगत खर्चमा चाप परेको बताए । उनले सार्वजनिक प्रशासनलाई व्यावसायिक र प्रभावकारी बनाउने चुनौतीका बाबजुद सरकारका प्रयासले सकारात्मक सङ्केत देखा परेको उल्लेख गरे । उनले साधारण खर्चलाई सीमाभित्र राखी सार्वजनिक प्रशासनलाई प्रभावकारी र उपलब्धिपूर्ण बनाउने गरी बजेट तर्जुमा गरिएको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७