सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब बजेट : बढेन वृद्ध भत्ता


१५ जेष्ठ २०८०, सोमबार
Budget scaled

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता यथावत् राखेको बताएका छन् ।

सरकारले सामाजिक सुरक्षाअन्तर्गत ६८ वर्षमाथिका नागरिकलाई मासिक चार हजार रुपैयाँ प्रदान गर्दै आएको छ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा यस्तो बताएका हुन् ।

तर आगामी आर्थिक वर्षको बजेटमा सरकारले ६८ वर्षमाथिका नागरिकको भत्ता भने बढाएन । भत्ता मासिक ४ हजार यथावत राखिएको छ । आर्थिक संकटका कारण सरकारले यसअघि सरकारी तथा सार्वजनिक संस्थानका सबै कर्मचारीहरुको भत्ता पनि कटौतीको निर्णय लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७