श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती


१५ जेष्ठ २०८०, सोमबार
prakash sharan mahat scaled

काठमाडौं । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड बजेट विनयोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु नौ अर्ब १३ करोड बजेट विनियोजन गरिएको थियो । आगामी आवका लागि बजेट घटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७