दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने


१५ जेष्ठ २०८०, सोमबार
Diwa khaja chepang chitwan
फाइल फोटो

काठमाडौँ । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए ।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७