सरकारले व्यूँतायो सांसद विकास कोष : प्रतिसांसद पाँच करोड बजेट विनियोजन

काठमाडौँ । आलोचनाका बावजुद सरकारले खारेज भइसकेको सांसद विकास कोषलाई व्यूँताएको छ । सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि पाँच करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि पाँच करोड रकम विनियोजन गरेको बताए । जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए ।
‘संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, यी सबैका लागि ८ अर्व २५ करोड विनियोजन गरेको छु ।’ निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन गरिएको रकम खारेज गर्न माग हुँदै आएको थियो । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ ।