आर्थिक वृद्धि ६ प्रतिशतको लक्ष्य, मूल्यवृद्धि ६.५ प्रतिशतमा राख्ने


१५ जेष्ठ २०८०, सोमबार
Prakash shran 2 scaled

काठमाडौं । सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको अपेक्षा लिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा रहेको जानकारी दिए । उनले मूल्यवृद्धि (मुद्रास्फीति) भने ६.५ प्रतिशतमा सीमित गरिने बताए ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री महतले गत आर्थिक वर्षभन्दा ४२ अर्ब सानो सानो बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो ।

महतले गरेको कूल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७