ब्युँत्याइयो सांसद विकास कोष : प्रतिसांसद ५ करोडका दरले ८ अर्व २५ करोड विनियोजन


१५ जेष्ठ २०८०, सोमबार
parliament scaled

काठमाडौं : सरकारले सांसद विकास कोष व्युँताएको छ । सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।

जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए। ‘संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, यी सबैका लागि ८ अर्व २५ करोड विनियोजन गरेको छु।’

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७