बजेट निजि क्षेत्रको मनोवल बढाउने गरी आएको छ : अध्यक्ष ढकाल


१६ जेष्ठ २०८०, मंगलवार
Chandra Dhakal

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका छन् ।

सोमवार सरकारले आर्थिक वर्ष २०८०/ ८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीसंग उनले भने सरकारले प्रस्तुत गरेकोे बजेटमा निजी क्षेत्रले दिएका सुझाव समेटिएको र सकरात्मक रहेको प्रतिक्रिया दिए ।

तर आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी रहेकोले तत्कालै प्रतिक्रिया दिन हतार हुने उनको भनाई छ ।

उनले भने ‘आर्थिक ऐन कसरी आउँछ भन्ने हेर्न भने बाँकी छ । बजेट धेरैजसो भाषणमा मात्र राम्रो सुनिन्छन् कार्यन्वयनमा नभएको परम्परगत चलन छ । केहि निजी क्षेत्रको मनोबल बढाउने गरी आएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव समेटिएको पनि छ, ।’

उनले पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च कटौतीका लागि विशेष पहल गरिएको विषय राम्रो पक्ष रहेको धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७