ढाकाविरुद्ध मुकुलले हाले मानहानीको मुद्दा


१६ जेष्ठ २०८०, मंगलवार
mukul dhaka LgjoGsfDJm

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीबाट निलम्बित पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हालेका छन् ।

श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउन रास्वपाका महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ करोड ८४ लाख रुपैयाँ लिएको आरोप लगाएका थिए ।

यसले आफ्नो चरित्र हत्या भएको भन्दै ढकालले श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हालेका हुन् । उनले आफूले पैसा लिएको आरोप लगाइएको समाचार सार्वजनिक हुनासाथ मानहानीको मुद्दा हाल्ने बताएका थिए ।

ढकालले मुद्दा दर्ताको तारिख–पर्चा सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार प्रयास गरेको छु ।’ त्यसो त पछि ढाकाकुमारले विज्ञप्ति जारी गरी आफूले ३ करोड खाएको आरोप नलगाएको तर केही अनलाइनले आफ्नो अनुमति बिना समाचार लेखेको भन्दै खण्डन गरेका थिए ।

tarikh YX6kxSrzdS

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७