संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै


१६ जेष्ठ २०८०, मंगलवार
pratinidhi sava baithak kddX8APbcz

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज (मंगलबार) बिहान ८ बजे बैठक बस्न लागेको छ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षको समेत सम्बोधन रहने बताइएको छ ।

१५ सदस्य रहेको सुनुवाइ समितिले आइतबार पूर्णता पाएको हो । समितिमा नेपाली कांग्रेसका ५, नेकपा एमालेका ५, नेकपा माओवादी केन्द्रका २, रास्वपा १, राप्रपा १, र जसपा १ सांसदको प्रतिनिधित्व रहेको छ ।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा छन् । बाँकी १२ सदस्य प्रतिनिधिसभाबाट मनोनित गरिएको छ । जसमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य छन् । माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७