धोनीको उत्कृष्ट प्रदर्शनसँगै बेंग्लोरलाई हराउँदै चेन्नई प्लेअफ नजिक


२३ बैशाख २०७५, आईतवार
Dhoni

पुने, वैशाख २३ । आईपीएल त्रिकेटमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । चेन्नईले १ सय २८ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो ।Dhoni

जितसँगै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ नजिक पुगेको छ । चेन्नईले १० मध्ये ७ खेल जित्दै १४ अंक बनाएको छ । बेंग्लोर भने खेलेका ९ मध्ये ६ खेल हार्दै अंकतालिकाको छैठौं स्थानमा झरेको छ ।

चेन्नईले १८ औं ओभरमा तीन छक्का प्रहार गर्दै कप्तान महेन्द्र सिंह धोनीले चेन्नईको जितलाई सहज बनाए । धोनी यस प्रतियोगितामा उच्च लयमा देखिएका छन् । उनी ३१ रनमा नट आउट रहे । चेन्नईका अम्बाति रायुडुले ३२, सुरेश रैनाले २५ बनाए ।

यसअघि बैंगलोरले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो। उसका लागि पार्तिभ पटेलले ५३ रनको योगदान दिए । एबी डी भिलियर्सले पछिल्लो केही खेल गुमाएपछि यस खेलमा फर्किए पनि १ रन मात्र बनाउँदै पवेलियन फर्किए । उनलाई धोनीले हर्बजन सिंहको बलमा स्टमपिङ्ग गरेका थिए । रविन्द्र जडेजाले ३ तथा हरबजन सिंहले २ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७