सन्दीपविरूद्व मुद्दाको आज पनि भएन अन्तिम सुनुवाइ


१६ जेष्ठ २०८०, मंगलवार
Sandeep

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाई आज (मंगलबार) पनि स्थगित भएको छ । उनको मुद्दाको फैसलाका लागिा पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।

किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाई गर्ने भन्दै न्यायाधीस राइले सुनुवाई स्थगित गरेका हुन् । यसअघि पनि पटक–पटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको धकेलिदै आएको छ । अब अर्काे पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ । अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् । दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ ।

दक्षिण अफ्रिकामा मैत्रीपूर्ण खेलपछि नेपाली टोली जिम्बाबे प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार ९ गतेसम्म खेल्ने तालिका बनिसकेको छ । जिम्बाबेमा नेपालले सुरुमा दुई अभ्यास खेल खेल्ने छ । यूएई र ओमानसँग यसै महिना दुई अभ्यास खेलपछि नेपालको विश्वकप छनोट चरण सुरु हुनेछ ।

विश्वकप छनोटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स छन् । विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ । असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ। समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ । तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाइ लम्बिने छ । यसैले सन्दीपको क्रिकेट खेललाई असर नपर्नेगरी अर्को पेसी तोक्न निवेदन दिन लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७