सन्दीप दक्षिण अफ्रिका नजाने, टोलीबाट छुटेर घर फर्किने


१६ जेष्ठ २०८०, मंगलवार
Sandeep

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आफू टोलीसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएपछि टोलीलाई सुखद यात्राका लागि शुभकामना दिएका छन् ।

आज (मंगलबार) पनि जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नआएपछि सन्दीप दक्षिण अफ्रिका नजाने भएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीलाई शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा पूर्ण विश्वास छ । तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाईहरु सामु आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाईहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना ।

नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार बेलुकी दक्षिण अफ्रिका जानेछ । सो क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्ने छ । दक्षिण अफ्रिका नजाने भएसँगै उनी आफ्ना सामान लिएर घर फर्किने तयारीमा छन् । बन्द प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टोलीलाई महाराजगञ्जको महावीर प्यालेसमा राखिएको छ । सन्दीप आफ्ना सामग्री लिन अहिले होटल पुगेका छन् । राष्ट्रिय क्रिकेट टिमका सदस्यहरु आजै राति राति साढे २ बजे कतार एयरवेजबाट दक्षिण अफ्रिका प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७