कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता


१७ जेष्ठ २०८०, बुधबार
Nirmala limbu Jasapa

काठमाडौं । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपाबाट प्रदेश सरकारमा स्वास्थ्यमन्त्री निर्मला लिम्बू सहभागी थिइन् । नामाकरणको विवाद चर्किदै गएपछि जसपाले सरकार छोडेको हो । सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइएको जसपाले जानकारी दिएको छ ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेम्जोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्या मात्र बल्झाउने काम गर्‍यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने बताए । ‘हामी सरकारबाट बाहिरिँदैछौं,’ उनले भने, ‘बाँकी विषय पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छाैं ।’ एक मात्र सांसद भएको जसपाबाट लिम्बु गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । राष्ट्रपतिको निर्वाचनसँग केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै ६ वटा प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७