रेशमविरुद्धको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा


१७ जेष्ठ २०८०, बुधबार
Resham chaudhari

काठमाडौँ । राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका रेशम चौधरीविरुद्ध दायर रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।

टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर चौधरीलाई सरकारले झण्डै १५ वर्ष कैद मिनाहा गर्दै आममाफी दिएपछि सर्वाेच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ भट्टराईको इजलासमा परेको हो । पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम रहेको जनाइएको छ ।

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो ।तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७