निष्क्रिय विधेयक प्रमाणीकरण गरिएपछि एमाले महासचिव पोखरेलको ५ प्रश्न

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै आश्चर्य प्रकट गरेका छन् । उनले सोधेका छन्, ‘निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यौ ?’
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको भ्रमण अघि हतार हतार बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रधानमन्त्री भारत निस्किनु अघि प्रमाणीकरण गरेका हुन् ।
महासचिव पोखरेलले उठाएका पाँच प्रश्न :
विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको छः
- नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?
- सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ?
- प्रादेशिक पहिचान सहितको नागरिकताको सम्वैघानिक प्रवन्घको ठाडो उलंघन गर्न मिल्छ ?
- नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई प्रमाणिकरण गर्न मिल्छ?
- संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन र ?